लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नव नियुक्त प्रदेश प्रमुख अमिक शेरचनसँग भेटवार्ता गरेका छन्।
भेटमा मुख्यमन्त्री पोखरेलले शेरचनलाई स्वागत गर्दै प्रदेश सरकारले गरेका विभिन्न काम र प्रगतिबारे जानकारी गराएका थिए।
शेरचनले पनि नयाँ ढंगले आफू काम गर्न इच्छुक रहेकाे र त्यसकाे लागि सबैकाे सहयाेग अपेक्षा गरेकाे बताए।
शेरचनलाई केही दिनअघि मात्रै प्रधानमन्त्री शेरबहादु देउवा नेतृत्वको सरकारले लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरेको हो। त्यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले धर्मनाथ यादवलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो।