अँध्याराे काेठाबाट बालबालिकालाई उज्यालो छर्दै कँडेल सर

थाहा खबर

काठमाडौँ

   श्याम राई

 

 यतिखेर सामाजिक सञ्जालका विभिन्न पेजहरूमा एउटा तस्बिरकाे निकै चर्चा भइरहेकाे छ। काेठाभित्र सेतो बोर्ड छ। बाेर्डमा एक जनाले केही लेखिरहेका छन्। त्यहाँ लेखिएका कुराहरू काठबाट बनेको स्ट्यान्डमा राखिएकाे एउटा क्यामेराले खिचिरहेको छ। बस्ने मुढामाथि ल्यापटप र कुर्सीमाथि किताब छ। याे दृश्य त्यही तस्बिरमा झल्किन्छ।

तस्बिरमा देखिने व्यक्त्री हुन् शिक्षक शिशिर कँडेल। कँडेल यसैगरी भर्चुअल माध्यमबाट पोखरास्थित ग्लोबल कलिजिएट स्कुलका विद्यार्थीलाई पढाउछन्। उनले कक्षा-९ १० र ११ मा विज्ञान विषय पढाउछन्।

नेपालमा दोस्रो लहरको कोभिड-१९ संक्रमण फैलिएपछि वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो। हालसम्म निषेधाज्ञा जारी छ। स्कुल बन्द छन्। भौतिक उपस्थितिमा पढाउने वातावरण नमिलेपछि सरकारले वैकल्पिक माध्यमबाट पढाउन भनेको छ।

प्रकाशित मिति: : 2021-07-29 19:55:00

प्रतिकृया दिनुहोस्