
सन्तोष बराइली
महोत्तरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा भ्रष्टचारसम्बन्धि २५ सय ९७ उजुरी दर्ता भएका छन्।
बर्दिबासमा दुई वर्षअघि अख्तियारको शाखा कार्यालय स्थापना भएको थियाे। सबैभन्दा बढी उजुरी धनुषा जिल्लाको छ। धनुषाको मात्रै सात सय १७ उजुरी दर्ता भएको अख्तियारले जनाएको छ।
सिरहाको पाँच सय ३९ उजुरी दर्ता भएका छन् भने महोत्तरीको चार सय ५ उजुरी दर्ता भएका छन्। त्यस्तै रौतहटको तीन सय ६७, सर्लाहीको तीन सय २३ र सिन्धुलीको एक सय ३७ उजुरी दर्ता भएका छन्।
बर्दिबासस्थित अख्तियार कार्यालयका प्रमुख रामबन्धु सुवेदीका अनुसार उदयपुर ८७, खोटाङ र ओखलढुङ्गाको क्रमशः १०, १० र रामेछापबाट दुई उजुरी दर्ता भएका छन्।
सोलुखुम्बु जिल्लाको भने एउटा पनि उजुरी दर्ता भएको छैन। दर्ता भएको २५ सय ९७ उजुरीमध्ये १४ सय १ उजुरी फर्छ्याैट भएको अख्तियारले जनाएको छ। सबैभन्दा बढी १३ सय ६९ उजुरी स्थानीय तहको छ। फर्छ्याैट भएका उजुरीमध्ये नाै सय २९ उजुरी तामेलीमा पठाईएको छ।
अख्तियारको बर्दिबास कार्यालयले धनुषामा पाँच , महोत्तरी र सर्लाहीमा दुई-दुई गरी नाै ओटा 'स्टिङ अपरेशन' गरी एक करोड २९ लाख ९५ हजार ५९५ बिगो दाबीसहित १५ जना प्रतिवादीमार्फत मुद्दा दर्ता गरेको जनाएको छ।
भ्रष्टचारीलाई पानीमुनिबाट पनि खोजेर निकाल्छौं प्रमुख सुवेदी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयका प्रमुख रामबन्धु सुवेदीले भ्रष्टचारी पानीमुनि लुके पनि नछाड्ने बताएका छन्।
राजधानीबाट मधेश दौडाहामा आएका उनले सञ्चारकर्मीहरुसँग अनौपचारिक भेटघाटमा यस्तो बताएका हुन्।
इमेल, चिठीपत्र, सामाजिक सञ्जाल र टोल फ्री नम्बरबाट पनि उजुरी लिने गरेको बताउँदै उजुरीका आधारमा अख्तियारले तत्काल 'फिल्ड'मा गएर अनुसन्धान गर्ने गरेको पनि कार्यालय प्रमुख सुवेदीले बताए।
कार्यालय प्रमुख सुवेदीले भने, 'पत्रपत्रिका र एफएम रेडियोमा आएका समाचारको आधारमा पनि तत्काल स्थलगत अनुसन्धान गर्ने गरेका छौँ।'
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया