१९ दिने उपप्रधानमन्त्रीले ‘धुमिल’ बनाएको राजेन्द्रको छवि

आयोमेल

काठमाडौँ

धैर्यकान्त दत्त

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) लाई विभाजनकै मान्यता नदिए पनि अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर तत्काल सँगै बस्ने अवस्थामा छैनन्।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बाडिँदा सुरू भएको विवाद आधिकारिकताको दाबीसम्म पुग्यो। र, अन्ततः गत सोमबार निर्वाचन आयोगले उपेन्द्र पक्षलाई मान्यता दिने निर्णय सुनायो।

आधिकारिकता प्राप्त गरेपछि पहिलोपटक मंगलबार बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा महन्थ पक्षलाई खबर गरिएन।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमपछि त्यागी नेताको छवि बनाएका महन्थलाई असर त परेको छ नै। तर, महन्थभन्दा पनि बढी संकटमा परेका छन् राजेन्द्र महतो।

जसपाको आधिकारिकता उपेन्द्रले पाएपछि राजनीतिक संकटमा परेका महन्थ पक्षीय राजेन्द्रमाथि थप संकट मडारिएको छ।

आफूले विस्तार गरेको कार्यकारिणी समितिलाई आयोगले मान्यता नदिएपछि महन्थसामु दुई विकल्प बाँकी छन्, आत्मसमर्पण वा नयाँ दल दर्ता। विवादको श्रृंखलालाई हेर्दा महन्थ फेरि उपेन्द्र पक्षमा फर्किने सम्भावना लगभग छैन।

 

प्रकाशित मिति: : 2021-07-28 22:25:00

प्रतिकृया दिनुहोस्