हिजो 'माओवादीमा फर्कने भ्रम फैलाइयो', आज 'माओवादीमै छु' !

थाहा खबर

काठमाडौँ

काठमाडौं : करिब डेढ महिना अघि पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले प्रेस विज्ञप्ती जारी गरे र भने ‘म नेकपा माओवादी केन्द्रमा फर्किन लागेको भनेर भ्रमपूर्ण हल्ला चलाइयो, मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’

यतिमात्र होइन उनले सोही विज्ञप्तीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा रहेको पदलोलुपता, अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उनी पार्टीलाई विघटनको दिशामा अघि बढेको आरोप लगाए। 

सुशासन सहितको स्थिरता मार्फत् मुलुकमा दिगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले आफूहरु केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा रहेको उल्लेख गरेका थिए।  

प्रकाशित मिति: : 2021-07-28 21:26:00

प्रतिकृया दिनुहोस्