आफ्नो बच्चाहरुको कुरा गर्ने शैली राम्रो बनाउन यी कुराहरुको प्रयोग गरौँ

Photo - rubylane
Photo - rubylane

यदि आफ्नो बच्चाहरूलाई बाल्यावस्थादेखि नै कुराकानीको सही तरिका सिकाइयो भने भोलि गएर त्यहि उनीहरूको बानीमा परिणत हुन्छ। तर बच्चाहरूले बोल्दा गलत शब्दहरू प्रयोग गर्दछन् भने त्यो कुरा उनीहरुको भविष्यको लागि नकारात्मक साबित हुन सक्छ।

यस्तो अवस्थामा बच्चाहरुलाई सञ्चार माध्यमको सही महत्त्व बताउने अभिभावकको जिम्मेवारी हो। सम्पूर्ण अभिभावकले आफ्नो बच्चाहरूको बोल्ने शैली विकास गर्न प्रयास गर्नुपर्छ।

(१) बच्चाहरूलाई किताब पढ्न लगाउनुहोस्ः

बोल्ने शैलीमा सुधार ल्याउनको लागि बच्चाहरूलाई त्यसै सम्बन्धित पुस्तकहररु दिन सक्नुहुन्छ। त्यो पुस्तक पढिसकेपछि उनीहरुलाई तिमीले यो पढेर के-के सिकेउ भनेर सोध्नुहोस्, कुन राम्रो र कुन नराम्रो त्यसलाई छुट्याई दिनुहोस्। यसबाट उनीहरुको कुन कुरामा सुधार गर्न आवश्यक छ भनेर जान्न सकिनेछ। यस्तो गर्दा उनीहरुको आत्मविश्वास पनि बढ्छ।

(२) बुद्धिमानीपूर्वक शब्दहरू छान्नुहोस्ः

बच्चाहरुले प्राय आफ्नो आमाबाबुबाटै सबै कुरा सिक्छन् र उनीहरूलाई हेरेरै ठूला हुन्छन्। यस्तो अवस्थामा यदि तपाईं आफ्नो बच्चाको अगाडि गलत तरिकाले कुरा गर्नुहुन्छ वा गलत शब्दहरुको प्रयोग गर्नुहुन्छ भने उनीहरुले पनि त्यहि नै सिक्छन्। त्यहि भएर बच्चाको अगाडि विचारपूर्वक बोल्नुहोस्। साथै, बच्चाको अगाडि गलत शब्दहरू प्रयोग नगर्नुहोस्।

(३) कुराकानी गर्दा तौलिएर मात्र बोल्नुहोस्ः

बच्चाहरूसँग तौलिएर मात्र कुरा गर्न महत्त्वपूर्ण छ। यदि तपाईं आफ्नो बच्चाले छोटो शब्दमा नै आफ्नो कुरा राखेको हेर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले तपाईंले यो बानी आफैंमा विकास गर्नुपर्दछ। उनीहरुसँग कुरा गर्दा छोटो शब्दमा आफ्नो कुरा भन्ने कोशिस गर्नुहोस्। त्यसो गर्नाले बच्चाहरुले आफ्नो कुरा तोलमोल गरेर बोल्ने र आफ्नो कुरा राख्न सिक्नेछन्।

(४) आफ्नो हाउभाउमा परिवर्तन ल्याउनुहोस्ः

बच्चाहरूले बोलेको भाषा मात्र नभएर आफ्नो अभिभावकको हाउभाउ पनि सिक्ने प्रयास गर्छन्। यस्तो अवस्थामा उनीहरूको अगाडि राम्रो शब्द छनौटको साथ, सहि टोन, अनुहार र शरीरको राम्रो अभिव्यक्ति हुनुपर्दछ। साथै, आफ्नो बच्चाको बोल्ने शैली विकास गर्न तपाईं केहि प्रशिक्षण केन्द्र वा कुनै शिक्षकको सहायता पनि लिन सक्नुहुन्छ।

(५) गलत शब्द बोल्दा बच्चालाई रोक्नुहोस्ः

जब आफ्नो बच्चा अनुपयुक्त कुरा गर्छन् वा गलत शब्दहरू प्रयोग गर्दछन्, आमाबाबुले त्यहि समयमा उनीहरुलाई रोक्नुपर्छ। त्यसो गर्दा यो कुरा गलत हो भन्ने उनीहरुले बुझ्छन्। तर यदि आमाबाबुले बच्चालाई रोक्नुको सट्टामा उनीहरुलाई निर्दोषताको रूपमा क्षमा गर्नुभएमा, पछि यो उनीहरुको बानी पनि हुन सक्छ र गलत शब्दहरु उही तरिकाले प्रयोग गर्न सक्दछ।

(६) बच्चाहरूलाई धैर्यताको महत्व सिकाउनुहोस्ः

सही शब्दहरु छनौट गर्नु र छोटो वाक्यहरुमा नै आफ्नो कुरा राख्न सक्नु, यी सबै कुराहरु एकदम महत्त्वपूर्ण हुन्छन्। तर बच्चाहरूले धैर्यता र नम्रता पनि सिक्नुपर्दछ। त्यसो गर्दा बच्चाहरुको सकारात्मक छवि मान्छेहरूको अगाडि गठन हुन्छ।

त्यस्तो हुँदा अन्य व्यक्तिहरूले पनि बच्चाहरुको शब्दलाई गम्भीर रूपमा  लिन शुरू गर्दछन्। उनीहरुको भविष्यको लागि पनि धैर्य र नम्र हुनु उपयोगी छ। यस्ता बच्चा पछि गएर आफ्नो निर्णय आफैँ लिन सक्ने हुन्छन्।

प्रकाशित मिति: : 2021-07-28 18:08:00

प्रतिकृया दिनुहोस्