चर्चित भारतीय रियालिटि शो ‘विग वोस’बाट चर्चामा आएका कलाकार राहुल वैद्य र दिशा परमार हालै वैवाहिक बन्धनमा बाँधिएका छन्।
उनीहरुको विवाहमा ‘विग वोस १४’ का अन्य कलाकारहरूकाे पनि भीड थियो। त्यो भीडमा जान कुमार सानु भने कतै देखिएनन्।
त्यसो त, 'विग वोस'को सिजन १४ मा सुरुवातदेखि नै राहुल र जानबीच विवाद सुरु भएको थियो। विवादकै बीच राहुलले जान कुमारलाई केही आरोपसमेत लगाएका थिए।
राहुल र दिशाको विवाहमा अलि–जैस्मिन, एजाज–पवित्रा, राखि सांवात, विकास गुप्तासहित अन्य कलाकारहरू पनि देखिएका थिए।
पछिल्लो समय भएको एक भर्चुअल अन्तर्वार्तामा जान कुमारले राहुल र दिशाले आफूलाई विवाहमा नबोलाएको खुलासा गरेका छन्। उनीहरुले विवाहमा नबोलाए पनि बधाई दिदै जान कुमारले भर्चुअल माध्यमबाट गुनासाे पाेखेका छन्।
उनले भनेका छन्, 'राहुलले विवाहमा नबोलाए पनि केही छैन, म उसको निर्णयमा पुरै सहमत छु। उसलाई बधाई छ।'