पाकिस्तानमा चिनियाँ कामदारहरुको साथमा 'एके फोट्टी सेभेन'

बिएल संवाददाता

इस्लामाबाद 

पाकिस्तानमा चिनियाँ परियोजनामा कामदारहरुले बन्दुक साथमा राखेर काम गरिरहेको भेटिएको छ। 

पाकिस्तानको दासु क्षेत्रमा बम बिष्फोटमा नौ जना चिनियाँ कामदारहरुको ज्यान गएपछि चिनियाँ परियोजनाका कामदारहरुले साथमा बन्दुक राखेर काम थालेका हुन। 

पाकिस्तानमा चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजना लक्षित आक्रमण तथा घटना हुने गरेको आशंका को बीच चिनियाँ कामदारहरुले साथमा बन्दुक राख्न थालेका हुन्। 

उनीहरुले आत्मरक्षाका लागि 'एके फोट्टी सेभेन' बन्दुक साथमा राख्ने गरेको पाईएको छ। 

गत जुलाई १४ मा खेबर पख्तुन्ख्वास्थित दासु जलबिधुत परियोजना तर्फ गईरहेका कामदारहरु सवार बस बिष्फोट भई दुर्घटना भएको थियो। 
बस बिष्फोटमा नौ जना चिनियाँ कामदार सहित १२ जनाको ज्यान गएको थियो। 

कामदारहरुले बन्दुक साथमा राखको बिषयले स्पेशल सेक्युरीटी डिभिजन माथि प्रश्न उठेको छ। 

पाकिस्तान सरकारले चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजनाको सुरक्षाका लागि सन् २०१६ मा उक्त स्पेशल सेक्युरिटी डिभिजन स्थापना गरेको हो।

प्रकाशित मिति: : 2021-07-28 08:53:00

प्रतिकृया दिनुहोस्