एनआरएनए युएईको अधिवेशन अन्यौलमा

आगामी शुक्रवार हुने भनिएको गैह्र आवासीय नेपाली संघ (एनआरएनए) युएईको अधिवेशन स्थगित भएको छ।

अधिवेशन सम्पन्न गराउन निर्वाचन समिति गठन गरिएको भएपनी संस्था भित्रैको किचलो र संभावित कानुनी झमेलाका कारण अधिवेशन स्थगित भएको हो। 

अहिलेसम्म एनआरएनएले युएईमा कानुनी मान्यता नपाएको हुनाले निर्वाचन समितिले यसअघि नै अधिवेशन गराउन नसक्ने भन्दै हात झिकिसकेको छ।

विगतमा युएईमा दर्तावाल संस्था नेपाल एसोसिएसनसंग मिलेर संचालन भईरहेको भएपनी आईसीसीले नेपाल एसोसिएसनबाट अलग गराएपछी एनआरएनएले युएईमा कानुनी वैधता गुमाएको छ। यो सँगै संस्थाले संचालन गर्ने गतिविधि समेत युएईमा अवैधानिक बनेको छ। यसैकारण अहिले अधिवेशन नै अनिश्चित बन्ने स्थिति सिर्जना भएको एनआरएनएका एक पदाधिकारीले बताए।

अधिवेशन अन्यौलमा परेपछि एनआरएनएले मंगलबार ७ सदस्यीय कार्यदल बनाएको छ। उक्त कार्यदलले ४८ घण्टा भित्र नेपाल एसोसिएसन संगको समझदारीमा सोही संस्थाको मातहतमा रहनेगरी एनआरएनएको नयाँ कार्यसमिति चयन गर्ने वातावरण बनाउने बुझिएको छ।

प्रकाशित मिति: : 2021-07-28 06:00:00

प्रतिकृया दिनुहोस्