प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीत

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बागमती प्रदेशसभाबाट पारित विधेयक प्रमाणीत गरेका छन्।

उनले प्रमाणीकरण गरेकाे ‘प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ।

बागमती प्रदेशसभा सचिवालयबाट प्रमाणीत भई आएको सो विधेयकलाई प्रदेश प्रमुख प्रसाईंले संवैधानिक प्रक्रिया पूरा गरी आजै प्रमाणीकरण गरेकाे र सोको जानकारी बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-07-27 18:20:00

प्रतिकृया दिनुहोस्