अभिभावकलाई अनलाइन कक्षामा लगानी डुब्ने डर : पढ्ला भनेर ऋण गरेर डिभाइस किन्दिए, के के हेर्छ, पढाईमा ध्यानै छैन

पहिलोपोष्ट

काठमाडौँ

सुर्खेत : कोरोना संक्रमणको जोखिमले गत वर्षदेखि भौतिक उपस्थितिमा हुने शैक्षिक गतिविधि रोकियो। पछिल्लो समय बालबालिकाको पठनपाठन प्रभावित भएसँगै वैकल्पिक माध्यम अनलाइन कक्षा प्रयोगमा छ। तर, अभिभावक भने अनलाइन कक्षाले बालबालिकामा सिकाई उपलब्धि राम्रो नभएको र लगानी डुब्ने चिन्तामा छन्। 

बालबालिकालाई महंगो खर्च गरेर मोबाइल, ल्याप्टपजस्ता सामग्रीको जोहो गरेका अभिभावक विद्यालयको शुल्कले समेत थप थिचिएका छन्। भौतिक रुपमै विद्यालयमा उपस्थित भएर नपढ्ने अधिकांश बालबालिकाले अनलाइन कक्षामा ध्यान दिएर नपढ्ने अभिभावको दाबी छ। जसले गर्दा एकातिर शैक्षिक सिकाइ प्रभावकारी भएको छैन भने अर्कातिर विद्यालयले अनलाइन कक्षाको नाममा ५० प्रतिशतदेखि शतप्रशित शुल्क लिइरहेका छन्।

‘पढ्ला भनेर सर सापट गरेर छोरालाई मोबाइल किनेर ल्याइदिए,’ सुर्खेतमा छोरालाई पढाउन बस्दै आएकी धिना रोकाय भन्छिन्, ‘के को पढ्ने, खाली भिडियो, के के हेर्छ, त्यत्तिकै पढाईमा ध्यानै छैन्, सिकाई अह्राई गर्न आफूलाई पढ्न आउँदैन।’

पछिल्लो दुई सातायता उनी विद्यालयले शुल्क तिर्न ताकेता गरेदेखि तनावमा छिन्। जाजरकोट घर भएर सुर्खेतमा छोरालाई पढाउन बसेकी रोकायलाई  विद्यालयले अनलाइन कक्षाको शुल्क अन्य अवस्थाको जसरी तिर्न ताकेता गरेको छ।

‘छोराले न ध्यान दिएर पढेको छ, पुरा पनि पढ्न पाएनन्,’ उनी भन्छिन्, ‘पहिला स्कुलमै गएर पढेको जतिकै पैसा मागेका मागै छन्।’

प्रकाशित मिति: : 2021-07-27 10:42:00

प्रतिकृया दिनुहोस्