असम–मिजोरम सीमा विवादः दुई राज्यका प्रहरीबीच भिडन्त, असमका ६ प्रहरीको मृत्यु

PTI
PTI

असम र मिजोरमबीच सीमा विवाद हुँदा सोमबार हिंसात्मक भिडन्त भएको छ।

दुई राज्यका नागरिकबीच सीमा विवाद बढ्दै जाँदा सीमावर्ती शहर भैरेंगतेमा भएको भिडन्तमा असमका ६ प्रहरीको मृत्यु भएकाे हाे।

भारतीय दुई उत्तरपूर्वीय राज्यबीचको सीमा विवादले हिंसात्मक मोड लिएपछि आफ्ना ६ जना सुरक्षाकर्मी मारिएकाे मुख्यमन्त्री हिमन्त–विश्व शर्माले पुष्टि गरेका छन्।

सीमा विवादको क्रममा प्रहरी र नागरिकबीच दाेहाेराे भिडन्त हुँदा दर्जनौँ सुरक्षाकर्मी घाइते भएको दुबै राज्यका अधिकारीहरूले एकअर्काप्रति आरोप लगाएका छन्।

केन्द्रीय गृहमन्त्री अमित शाहले असम–मिजोरम राज्यका मुख्यमन्त्रीहरूलाई राज्यस्थित सीमाक्षेत्रमा शान्ति स्थापना गर्न अपील गरेका छन्।

असमका मुख्यमन्त्री शर्माले हिंसात्मक भिडन्तको मुख्य दोष मिजोरम प्रहरीलाई दिँदै प्रेस नोट सार्वजनिक समेत गरिसकेका छन्। 

गृहमन्त्री शाहले म्यान्मारसँग जाेडिएकाे अन्तर्राष्ट्रिय सीमा विवाद सुल्झाउन मेघालयको राजधानी शिलांगमा उत्तरपूर्वका मुख्यमन्त्रीहरूसँग वार्ता गरेकाे दुई दिनपछि देशकै दुई राज्यबीच हिंसात्मक भिडन्त भएकाे हाे।

प्रकाशित मिति: : 2021-07-27 07:27:00

प्रतिकृया दिनुहोस्