भारतमा थप ३९ हजार कोरोना संक्रमित

बिएल संवाददाता

नयाँ दिल्ली
File photo
File photo

भारतका थप ३९ हजार ३६१ हजार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। 

सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ४१६ जनाको मृत्यु पनि भएको छ। योसँगै भारतमा अहिलेसम्म कुल चार लाख २० हजार ९६७ जनाको मृत्यु भएको छ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै भएकाहरूको कूल सङ्ख्या चार लाख ११ हजार १८९ रहेको पनि अधिकारीले जनाएका छन्।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ९६८ मा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

भारतमा अहिलेसम्म तीन करोड पाँच लाख ७९ हजार १०६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। सङ्क्रमणमुक्त भएकाहरुको यो सङ्ख्या ९७.३५ प्रतिशत हो। 

अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४३.५१ करोड मानिसलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ। त्यसैगरी देशभरी अहिलेसम्म ४५.७४ करोड ७४ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

प्रकाशित मिति: : 2021-07-26 20:42:00

प्रतिकृया दिनुहोस्