बजेट संशोधन : अर्थमन्त्रीको निशानामा सहरी विकास र भौतिक योजना

विवादित विषयमा के गर्ला सरकारले ?

नेपाल खबर

काठमाडौं

 अर्थमन्त्री जनार्दन शर्मा यतिबेला अध्यादेशबाट गत जेठ १५ मा आएको बजेट संशोधनको तयारी गरिरहेका छन्। उनले बजेट संशोधनको तयारी गरिरहे पनि अध्यादेशकै बजेटबाट आएका कार्यक्रमहरू  कार्यान्वयन गर्न भने अर्थ मन्त्रालयलाई निर्देशन भइसकेको छ।

यसअनुसार मन्त्रालयले जेठ १५ मा अध्यादेशमार्फत आएको बजेट कार्यक्रमलाई कार्यान्वयनको मार्गदर्शन नै निर्माण गरेर सबै निकायलाई पठाएको छ।  केही निकायहरू त कार्यान्वयनकै चरणमा गइसकेको मन्त्रालयले जनाएको छ। 

यस्तो अवस्थामा बजेट संशोधनको चासो विकासे मन्त्रालयदेखि अन्य निकायसम्ममा छ। तर अर्थ मन्त्रालयले अहिले तयार गरिरहेको प्रतिस्थापन विधेयकमा बजेट कार्यक्रमलाई धेरै नचलाए पनि विनियोजित रकमलाई भने हेरफेर गर्ने भएको छ। 

मन्त्रालयको बजेट महाशाखा र कानुन महाशाखाले त्यसको लेखन कार्य गरिरहेका छन्। अर्थ स्रोतका अनुसार प्रतिस्थापन विधेयकमा सहरी विकास मन्त्रालय र भौतिक योजना तथा यातायात मन्त्रालयको विनियोजित कार्यक्रममा अर्थमन्त्री शर्माले मुख्य चासो दिएका छन्। 

भौतिक योजना मन्त्रालयको कार्यक्रमहरू नचलाउने तर त्यसको बजेट रकम भने घटबढ गर्ने योजना उनको छ। त्यहीअनुसार मन्त्री शर्मा अघि बढेको बजेट महाशाखाका एक अधिकारीले बताए। ती अधिकारीका अनुसार मन्त्री शर्माले अहिले सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी विकास कार्यक्रम पूरै परिर्वतन गर्दै छन्।

प्रकाशित मिति: : 2021-07-26 11:51:00

प्रतिकृया दिनुहोस्