अनलाइनखबर
शिव मुखिया
‘टाइम क्या हुआ है ?’ दिल्लीको नेशनल स्कूल अफ ड्रामा (एनएसडी)मा छँदा इरफान खान, सुनिल पोखरेल सहितका सहपाठी चिया पिउन राति होस्टलबाट निस्किएका थिए । एक बटुवाले सोध्यो । कसैसँग घडी थिएन ।
त्यसबखत इन्दिरा गान्धीको हत्या भएको र सुरक्षा व्यवस्था कडा बनाइएको थियो । तब, इरफानले तात्तातो जवाफ फर्काए, ‘टाइम बहुत खराब है भाइसाहब, घर जाइए ।’
यो वितेको कुरा । दिग्गज अभिनेता इरफान सांसारिक जीवनबाट अलग भइसके ।
अतः यतिबेला सुनिल पोखरेलको ‘समय’ भने बडो प्रेमिल छ । आफ्ना शिष्यहरूको श्रद्धा र स्नेहले उनी गद्गद् छन् । कोरोना त्रासमा पनि हार्दिकताले उनको ‘चरण स्पर्श’ गर्न शिष्यहरूको ओइरो लागेको छ ।
शनिबार मध्यान्ह । गुरुपूर्णिमाको दिन । अनामनरस्थित मण्डला थिएटरबाट थोरै भित्र छिरेपछि सानो टहरा भेटिन्छ । त्रिपालको छानो लगाइएको सोही टहरामा सानो–तिनो मेला लागेको छ । फलफूल, केक, मिठाई बोकेर आउने तन्नेरीहरूको माझमा घेरिएका छन्, सुनिल पोखरेल ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया