निर्मला प्रकरणले चरम पीडा खेपेका यी पात्र जसले न्याय पाए पनि सोध्दैछन् : उनलाई चाहिँ कहिले?

सविन ढकाल

काठमाडौँ

गएको तीन वर्ष यता प्रहरीका प्रमुखहरु फेरिए। गृहमन्त्रीहरु अदलबदल भए। प्रधानमन्त्री नै फेरिए। यी सबै परिवर्तन देखिरहँदा निर्मलाका लागि न्याय माग्नेहरुको आवाज धिमा बनेको छ।

तीन वर्ष अघि आजकै दिन हो सुदूर पश्चिमको महेन्द्रनगरमा निर्मलाको बलात्कारपछि हत्या भएको। यसबिच प्रहरी अपराधीको नजिक पुग्यो तर त्यहाँबाट एक कदम अगाडि बढ्ने साहस जुटाउन असफल रह्यो। मुलत: मिलेन निर्मलालाई न्याय, निर्वाध रह्यो अपराधी। तर, गर्दै नगरेको अपराधको जाँतोमा धेरै पिसिए।

निर्मलाले न्याय त पाइनन् पाइनन्, निरपराधहरुको जीवनमा यी तीन वर्षमा ठूलै आँधीबेहरी चलिरह्यो। निर्मला रहिनन् तर उनको हत्यासँग जोडेर 'अपराधी' बनाइएकाहरुको जीवन पनि सहज भएन। निर्मला प्रकरणमा अफवाहको सिकार भएकाहरुको हालत के छ त?

रोशनीले थालिन् पढ्न, बबिताको बिहे

'अनि नानीहरूको खबर के छ?'

केही अघिसम्म सामान्य रूपमा कुरा गरिरहेका दीपेन्द्र बम यस्तो प्रश्न झर्नासाथ झसङ्ग भए। हतारिँदै उत्तर फर्काए, 'ठीकै छ। त्यस्तो केही सुन्नु भएको हो र?'

उल्टै संशय। सामान्य प्रश्नमा सशङ्कित हुँदै प्रश्न गरे दीपेन्द्रले। तीन वर्ष बितिसकेपछि पनि छोरीहरूका बारेमा कुनै समाचार आयो कि भन्ने त्रासले आतंकित बनाउँछ उनलाई। त्यसैले सोधिहाल्छन् - केही आयो र?

दीपेन्द्र र उनकी श्रीमती दार्चुलामा बसोबास गर्छन्, दुई छोरी भने कंचनपुरमा।

प्रकाशित मिति: : 2021-07-25 19:17:00

प्रतिकृया दिनुहोस्