कार्यदलको काम र क्षेत्राधिकार कति ?

सत्ता पक्ष भन्छ– गठबन्धनको संस्कार विकास गर्न ‘कार्यदल’

रातोपाटी

काठमाडौं
https://ratopati.com/story/191384/2021/7/25/new-government-karyadal-

सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदल अहिले बहसको विषय बनेको छ । शुक्रबारबाट अस्तित्वमा आएको तीन दलीय कार्यदलको उद्देश्य र कार्यभार चर्चाको विषय बनेको हो । सत्ता सहकार्यमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष सम्मिलित ७ सदस्यीय कार्यदलबाट गर्न खोजिएको अभ्यासबारे प्रश्न उठेको छ ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित कार्यदलमा तीन दलबाट दुई/दुई जना सदस्य सहभागी छन् । संयोजक खड्काका अतिरिक्त कार्यदलमा काँग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् ।

कार्यदलले शुक्रबारबाट छलफल पनि थालेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले मन्त्रालय भागबन्डा, संसद्, कोभिड–१९ र सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रमका सन्दर्भमा छलफल गरेको थियो ।

कार्यदलका सदस्यहरूका अनुसार गठबन्धनको नयाँ संस्कार स्थापित गर्ने उद्देश्य बोकेर छलफलको सुरुवात भएको छ ।

कार्यदलका सदस्य रमेश लेखकले भने, ‘गठबन्धन सरकारको सुदृढीकरण नै कार्यदलको मूल काम हो ।’ उनका अनुसार सरकार, संसद्, कोभिड–१९, गठबन्धनको न्यूनतम साझा कार्यक्रम सन्दर्भमा कार्यदलले सरकारलाई मार्ग निर्देशन गर्नेछ ।

प्रकाशित मिति: : 2021-07-25 10:53:00

प्रतिकृया दिनुहोस्