के भइरहेको हो बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ?

हिमाल खबर

काठमाडौं

बीपी प्रतिष्ठानलाई साख जोगाउनै मुश्किल हुने अवस्थामा पुर्‍याउने मुख्य कारण पदाधिकारी, व्यापारी र नेताबीचको ‘नेक्सस’ हो। यो नेक्सस नतोडेसम्म प्रतिष्ठानमा सुधार हुन असम्भव छ। 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी, चिकित्सक, नर्स र विद्यार्थी एक महीनादेखि आन्दोलित छन्। कहिले सेवा सुविधाका लागि, कहिले भ्रष्टाचारको विरोधमा त कहिले शुद्धीकरणका लागि भन्दै वर्षमा दुई–तीन पटक आन्दोलन हुँदै आएका छन्।

तर, समस्या सुल्झिनुको साटो झन्‌झन् झाँगिदो छ। पर्याप्त भौतिक पूर्वाधार, दक्ष जनशक्ति, उत्कृष्ट अध्ययन–अनुसन्धान हुँदाहुँदै पनि प्रतिष्ठान अस्तव्यस्त र धराशायी बन्दै गएको छ। यसको प्रमुख कारण हो, नेता, पदाधिकारी र कर्मचारीको राजनीतिक र आर्थिक स्वार्थ।

केही दिनअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले  प्रतिष्ठानमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै समस्या समाधानका लागि अपील गरेका थिए। उनले अपीलमा भनेका छन्, “नेपालकै सबैभन्दा ठूलो र चिकित्सा क्षेत्रमा राष्ट्रिय–अन्तर्राष्ट्रिय साख राख्न सफल यो प्रतिष्ठान, सरकार र सत्तारूढ पार्टीको अनावश्यक हस्तक्षेप र अक्षम पदाधिकारीहरूको नियुक्तिका कारण दिनानुदिन अधोगतितिर जानु समग्र राष्ट्रकै लागि दुःखद छ।”
 

प्रकाशित मिति: : 2021-07-23 20:57:00

प्रतिकृया दिनुहोस्