गण्डकीमा माओवादी केन्द्रले टुंग्यायो मन्त्रीको नाम, शपथ भोलि  

क्रमश: रामजी बराल, चन्द्रबहादुर बुढा, दीपक चर्ती मगर
क्रमश: रामजी बराल, चन्द्रबहादुर बुढा, दीपक चर्ती मगर

गण्डकीमा माओवादी केन्द्रबाट मन्त्री बन्नेको नाम फाइनल भएको छ। नवनियुक्त मन्त्रीले भोलि नै शपथ खाने छन्।

माओवादी केन्द्रबाट कास्कीका रामजी बराल, बालगुङका चन्द्रबहादुर बुढा, स्याङ्जाका दीपक चर्ती मगर मन्त्री हुने पक्का भइसकेको छ । यसअघि माओवादीकि मधुमाया अधिकारी गुरुङ मन्त्री नियुक्त भइसकेकी छन्।

अर्थ बराल, वन तथा वातावरण मन्त्रालय चर्ती र कृषि मन्त्रालय बुढाले सम्हाल्ने माओवादी केन्द्रका सांसद दीपक कोइरालाले बताए। भौतिक मन्त्रालय भने काङ्ग्रेसले नै लिने भएको छ।

माओवादी केन्द्रले मन्त्रीहरुको नाम लिस्ट गठबन्धनमा पठाए पनि मन्त्रालयबारे छिनोफानो हुन ढिला हुँदा मुख्यमन्त्रीले शपथ खुवाएनन्।

 

प्रकाशित मिति: : 2021-07-22 20:56:00

प्रतिकृया दिनुहोस्