बिएल संवाददाता
नेकपाका महासचिव नेत्रविक्रम चन्दले आफ्नो हातमा सत्ता आए देशमा देशलाई उलट्पुलट बनाउने दाबी गरे।
काठमाडौँमा रेडफ्रन्ट नामक म्यागजीनको बिमोचन गर्दै चन्दले हरेक विद्रोह अग्रगामी हुने बताएका हुन्। उनले अहिले पूँजीवादप्रति पूँजीपतिहरू नै सन्तुष्ट नभएको पनि दाबी गरे। 'हरेक विद्रोह अग्रगामी हुन्।
पूँजीवदप्रती पूँजीपतिहरू नै सन्तुष्ट छैनन्। पूँजीवादले काम चल्दैन,' उनले भने, 'पूँजीवादका सबै पक्ष अस्वीकार गर्नुपर्छ भन्ने होइन। केही देशमा केही मान्छेसँग यति धेरै धन थुप्रिएको छ। त्यो आवस्यक हो कि होइन। नेपालका कयौँ पार्टीहरू लगायत दलाल पूजीँवाद नै नेपाली जनताको दुर्दशा हो।'
चन्दले नेपालमा सरकार बनाउँदा, पार्टी एक हुँदा, पार्टी फुट्दा पनि विदेशी चाहिने भन्दै दलालीकरणको भद्दा रुपम भएको टिप्पणी गरे। 'पार्टी एकता गर्दा गर्दा, फुटाउँदा, सरकार बनाउँदा वा ढलाउँदा पनि विदेशी चाहिने। यो राजनीतिक दलालीकरणको भद्दा रूप हो,' उनले भने, 'जमिन सबै दलालहरूको हातमा छ। नेपालको धर्ती यहीँ छ तर जीवनभर काम गरेर किन्न सकिँदैन।'
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया