भारतको बायोटेक्नोलोजी कम्पनीले क्यान्सर रोगको प्रारम्भिक चरणमै पत्ता लगाउने महत्वपूर्ण वैज्ञानिक उपलब्धि हासिल गरेको दाबी गरेको छ।
भारत बायोटेक्नोलोजीले क्यान्सर प्रारम्भिक चरणमै पक्ता लगाउने वैज्ञानिक उपलब्धि हासिल गरेको दाबी गरेको छ। यो वैज्ञानिक उपलब्धिलाई सम्बन्धित नियामक संस्थाहरुले यो बर्षको अन्त्य तिर पुष्टि गर्ने अपेक्षा गरिएको छ।
यो उपलब्धि पुष्टि भए क्यान्सर रोगको धेरै मात्रामा उपचार हुन सक्ने र लाखौँ क्यान्सर रोगीलाई अकालमा ज्यान जान बाट जोगाउन सकिनेछ। मुम्बईस्थित इपिजेनर्स बायोटेक्नोलोजी र सिंगापुरस्थित टीजर ल्याब्सले यो वैज्ञानिक प्रविधि अन्वेषण गरेको दाबी गरेका हुन्। कम्पनीहरुले क्यान्सर पत्ता लगाउने आफ्नो विज्ञान शत प्रतिशत प्रभावकारी रहेको पनि दाबी गरेका छन्।
यी दुबै बायोटेक्नोलोजिकल कम्पनी भारतीय नानोटेक वैज्ञानिक डा. विनय त्रिपाठीद्धारा सञ्चालित छन्। दुबै कम्पनीहरुको व्याबस्थापकद्धय डा. त्रिपाठीको छोराहरु आसिस र अनिसले यो वैज्ञानिक उपलब्धि प्रभावकारी रहेको दाबी गरेका छन्। एक हजार मानिसमा विभिन्न प्रकृतिको क्यान्सर रोग प्रारम्भिक चरणमै पत्ता लागेको उनीहरुले बताएका छन्।
यसले क्यान्सर रोगको समयमै पहिचान भई उपचार सम्भव हुने उनीहरुले बताएका छन्। यो वैज्ञानिक प्रविधि यो बर्षको अन्त्यबाट सुचारु गरी सबैभन्दा पहिले भारतमा परिक्षण गर्न चाहेको आसिस त्रिपाठीले बताए। यो प्रविधिमा सबैभन्दा पहिले रगत परिक्षण गर्ने र मोलिक्युलर बिश्लेषण गरिने बताईएको छ। सञ्चालक वैज्ञानिक डा. त्रिपाठीको जुवाईँ र सन् २०१८ मा आत्महत्या गरेका क्यान्सर पीडित उच्च ओहोदाका मुम्बई प्रहरी अधिकारी हिमांसु रोयको सम्मानमा उक्त वैज्ञानिक प्रविधिको नाम एच्आरसी राखिने कम्पनीले निर्णय गरेको छ।
हालसम्म विश्वमा मानिसमा एक सय ८० प्रकारका क्यान्सरहरु पाईएको छ। यो प्रविधिद्धारा २५ प्रकारका क्यान्सरको प्रारम्भिक चरणमा पत्ता लाग्ने दाबी गरिएको छ।