धेरै पछि केही लेख्न मन लाग्यो, तर सुरुवात कहाँबाट गर्ने? देशको भाडभैलोको अवस्थाबाट गर्यौं? या हामी नेपाली जनताको सकारात्मक हुन नसकेको सोचबाट गरौं? जे होस्, सुरुवात अहिलेका युवा पिढीको अवस्थाबाट गरौं न त।
पछिल्ला केही वर्षयताका युवामा एउटा भाइरस छिरेको छ। त्यो हो– बाहिर जाने अर्थात् देश छाडेर विदेशिने। विशेष गरेर पछिल्ला केही वर्षयता पढेलेखेका युवाले विदेश जान योजना बनाउनु सामान्य जस्तै बनेको छ। अहिलेका विद्यार्थी ‘प्लस टू’ सक्नासथा अष्ट्रेलिया, अमेरिका, जापान लगायतका देशमा जाने सपाना सझाउँछन्।
त्यस्तै, कम पढेलेखेका युवा जोसँग हातमा सीप छैन, उनीहरु किशोरावस्था पार गर्न नपाउँदै खाडी मुलुक जान तमतयार बन्छन्। देशमा यस्तो अवस्था सिर्जना हुुनु एक किसिमले बाध्यता पनि होला। तर, बहाना बनाएर देश छाड्नु गलत हो।
सुझनबुझ अमेरीका, अस्टेलिया जानै पर्न ? अधिकांश युवायुवती साथीहरुको लहलहैमा लगेर विदेशिने गर्छन्। धेरै युवायुवती नबुझेरै बाहिर जाने गरेको पाईन्छ। हामी नेपाली सधै अरुलाई दोष दिन्छौं, तर आफूचाहिँ केही नगर्ने प्रवृति हामीमा बढी हावी छ। सधैँ अरुका मात्र रिस गर्ने, कुरा काट्ने बानी परेका हामी अब यो बानी सुधार्न जरुरी छ।
नेपाल प्राकृतिक सम्पदाले भरिपुर्ण राष्ट्र हो। यहाँको प्राकृतिक स्वारुप र मौसम मा धेरै विविधता पाइन्छ। हामीले आफ्नो भविष्य आफ्नै देशमा खोज्न सक्छौ, तर दुर्भाग्य हाम्रा देशका युवा अरुको देशमा आफ्नो भाग्य होइन अरुको भाग्य बनाइदिन विदेशिन्छन्।
विशेष त हामी नेपाली आफ्नो देशमा सानोतिनो काम गर्न लजाउने, तर अर्काको देशमा भने भाडा माझ्न पनि तयार हुन्छौँ हामी। यो हामीले समयमै यस्तो मानसिकता परिवर्तन गर्न जरुरी छ। नेपालमा कामलाई खासै महत्व दिएको पाइदैन। यहाँ कामलाई सानो ठूलो भनेर वर्गीकरण गरिन्छ, यहाँ काम गर्ने वर्ग सधै तल पर्छ। अलि पहुँच भएको वर्ग भने काम नगरी पूँजीपती भएको अवस्था छ।
नेपालमा काम गर्ने किसान सधै तलको तलै परेका छन्। काम नगर्ने दलाल चाहिँ पूँजीपती भएको अवस्था छ। यस्तो व्यवस्थाको सुधारको लागि राज्यले नै समयमा ध्यान दिन जरुरी छ।
नेपालमा धेरै सम्भावनाहरु छन, तर हामीले त्यसलाई पहिचान गर्न सकिरहेका छैनौं। हामी धेरैले सम्भावना खोज्न कोशिस पनि गरेका छैनौं। एकछिन सोचौं त हामीले हाम्रै देशमा के–के गर्न सक्छौं। अरुको देशमा मात्र सम्भावना देख्दा हाम्रो र देशको विकास कसरी गर्न सकिन्छ र ? विदेश पलायन हुनु मात्र समस्याको समधान होइन, समस्यासँग त जुध्न सक्नु पर्छ।
नेपालमा हामीले कृषिमा धेरै गर्न सकिन्छ, ८१ प्रतिशत कृषिमा निर्भर हामी त्यही कृषि प्रणालीलाई व्यावसायिक र आधुनिक तरिकाबाट गर्न सकेमा देश र जनताको उल्लेख्य विकास हुन सक्छ। सधै अरुको भर पर्ने हाम्रो कृषी प्रणाली अब आफ्नै देशमा केही गर्ने की? कुनै पनि कुरालाई सकारात्मक रुपबाट सोच्ने शक्ति हामी युवामा हुनु जरुरी छ।
हामी सधै देशले के दियो भन्ने मात्र सोच्छौं। हामीले अहिलेसम्म देशलाई के दियौं? भन्ने सोचेका छौं ? यो सोच प्रत्येक नेपालीमा आउन जरुरी छ। सबैले आ–आफ्नो तरिकाबाट देशलाई दिन सक्नु पर्दछ, अनि मात्र हामीले जस पाउन सकिन्छ।
अहिले दिन प्रतिदिन नेपाली युवा पलायन भएको अवस्था छ। यसमा धेरै बाध्यताले पलायन भएका होलान्, तर सँगै लहललैमा लागेर बाहिरिनेको पनि त्यो भन्दा कम छैन्। नेपाली युवाले सकारात्मक सोचसहित आफ्नै राष्ट्रमा केही गर्न सोच राख्नु जरुरी छ। देशले गर्ला वा अरुले गरिदेला भनेर पर्खिनु भन्दा सुरुवात आफूबाटै आजबाटै गर्ने की? कहिल्यै पनि अरुको भर नपदौ नै राम्रो हुन्छ।
अहिलेको देशको मुख्य समस्यमा सबै युवा पलायन हुँदा गाउँ, घर रित्तो हुन पुगेका छन्। घरमा वृद्धा बुबाआमा एक्लै बस्नु पर्ने बाध्यता छ। खेतबारी बाँझै भएको अवस्था छ। हामी भने एकैचोटी धेरै कमाउने आशामा हाम्रो खेत बाँझो राखेर अर्काको देशको बालुवामा पसिना बगाइरहेका छौं।
यो अवस्था कहिले सम्म रहन्छ, कुनै टुंगो छैन्। यस्तो अवस्थालाई छिट्टै नै अन्त्य गर्न सक्नु पर्दछ। राष्ट्रको सही मार्ग दर्शन र युवा पिढीमा देश प्रेम र सकारात्मक सोच आउन सकेमा परिवर्तन सम्भव छ। त्यस बारेमा अब राष्ट्रले केही सोच्ने की?