प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने 

प्रधानमन्त्री शेरवहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने भएका छन्। 

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने तयारी मिलाउन संसद सचिवालयलाई जानकारी गराएकाे देउवा निकट स्राेतले बिएल नेपाली सेवासँग बताएकाे छ। 

ढिला गर्दा राजनीतिक समिकरण फेरिन सक्ने र विश्वासकाे मत प्राप्त नहुने अवस्था आउनसक्ने भएकाले आजै विश्वासको मत लिन लागिएको स्रोतले बताएकाे छ। 



सदनमा अदालतको निर्णयलाई साह्रै गम्भीरतापूर्वक उठाउँछौँ: एमाले नेता नेम्वाङ

एमालेले सदनमा अदालतको निर्णयलाई गम्भीरतापूर्वक उठाउने घोषणा गरिसकेको छ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अदालतको निर्णयले कतिपय चुनौती र अप्ठेरो निम्त्याएकाले सदनमा फैसलाका सम्बन्धमा साह्रै गम्भीरतापूर्वक कुरा उठाउने प्रतिक्रिया दिएका छन्।

अदालतको असार २८ को प्रतिनिधिसभा पुनःस्थानाको निर्णयसँगै नेपालको राजनीतिक नयाँ कोर्समा प्रवेश गरेको छ। विसं २०७४ को निर्वाचनमा प्रचण्ड बहुमत प्राप्त गरी करिब साढे तीन वर्ष सरकार चलाएको नेकपा विभाजनपछिको घटनाक्रमले एमालेलाई यस अधिवेशनमा प्रमुख प्रतिपक्षको भूमिकामा पुर्‍याएको हाे।

प्रकाशित मिति: : 2021-07-18 10:03:00

प्रतिकृया दिनुहोस्