१८७५ जना कोरोना संक्रमित थपिए, २१६४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा देशभर २१ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ९ हजार ५२७ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै देशभर २ हजार १६४ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

नेपालमा हालसम्म ६ लाख ३० हजार ४०७ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-07-17 17:13:00

प्रतिकृया दिनुहोस्