श्रीलङ्काका ३६ प्रतिशतले पाए कोरोनाको पहिलो खोप

File photo
File photo

श्रीलङ्काका ३० बर्षमाथीका कुल मानिस मध्ये ३६ प्रतिशतले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन्।

देशको स्वास्थ्य प्रवद्र्धन विभागले उनीहरुले कम्तीमा एउटा खोप लगाएको विवरण बिहीबार सार्वजनिक गरेको हो।   

विभागले कोरोनाभाइरसको महामारीबाट सवैभन्दा धेरै प्रभावित भएको राजधानी कोलम्बोका भने ७० प्रतिशतलाई कम्तीमा एउटा खोप प्रदान गरिएको पनि जनाएको छ। ती मध्ये २५ प्रतिशतले दुवै खोप प्राप्त गरिसकेको पनि विभागले जानकारी दिएको छ। 

“देशको पश्चिमी प्रान्तको गाम्पाहा जिल्लामा ६६ प्रतिशतले कम्तीमा एउटा खोप पाएका छन् भने ती मध्ये २१ प्रतिशतले दुवै खोप लगाएका छन्” एक अधिकारीले भने। 

श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षले देशमा बस्ने र खोप लगाउन मिल्ने सवैलाई खोप लगाउने अभियान चलाइएको जानकारी दिएका छन्। 

आगामी सेप्टेम्बर अगाडिसम्ममा खोप लगाउन योग्य सवैलाई खोप लगाइसक्ने योजना बनाइएको र त्यसका लागि विषेश संयन्त्र समेत परिचालन गरिएको उनले बताए। 

प्रकाशित मिति: : 2021-07-15 22:17:00

प्रतिकृया दिनुहोस्