दुई वर्षअघि १५ लाख धरौटीमा छुटेका एजेन्ट ‘युक्रेन’मा

देशसञ्चार

काठमाडौँ

काठमाडौँ- २ वर्षअघि दाङका एक युवालाई १७ महिना जेलमा राखेर अमेरिकाले नेपाल फिर्ता पठायो। नेपालबाट हिँडेको करिब एक वर्षपछि मेक्सिकोको सिमानाबाट ती युवा पक्राउ परेका थिए। त्यतिबेलासम्म उनको ५५ लाख रुपैयाँ खर्च भइसकेको थियो।

अमेरिकाको जेलबाट छुटाउने बहानामा पनि गिरोहले ती युवाका परिवारसँग २० लाख रुपैयाँ मागेका थिए। नेपाल फर्किएपछि आफूलाई अमेरिकाको सपना देखाउने व्यक्तिविरुद्ध जाहेरी दिए। प्रहरीले दाङको तुलसीपुरका ३५ वर्षीय टोपबहादुर जिसीलाई पक्राउ गर्‍यो।

जिल्ला अदालतले जिसीलाई १५ लाख रुपैयाँ धरौटी मागेर छाड्ने आदेश दियो। जिसी सजिलै छुटे। उनी जिसीलाई पैसा बुझाएर अमेरिका जान हिँडेका ८ नेपाली चढेको डुंगा गत असार ७ गते कोलम्बियामा दुर्घटना भयो। एक जना मात्र नेपालीको उद्धार भयो। ७ जना बेपत्ता छन्। प्रहरीको मानव बेचबिखन अपराध अनुसन्धान ब्युरोका अनुसार बेपत्ताका नेपालस्थित परिवारले काजकिरियासमेत गरिसकेका छन्।

प्रकाशित मिति: : 2021-07-15 17:31:00

प्रतिकृया दिनुहोस्