गण्डकीमा प्रतिपक्षी एमालेले रौद्र रुप देखाएको छ। बजेट पारित हुन नदिन संसद नै अबरुद्ध गराउदै आएको एमालेका सांसद तथा पूर्व मन्त्रीले प्रदेश सभामा मन्त्रीको टबेल नै फालेर हिडेका छन्।
बुधबार बसेको प्रदेशसभा बैठकमा एमाले सांसद रामशरण बस्नेतले मन्त्रीको टेबुल नै फालेर हिडेका हुन्। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री हुन् समेत रहेका बस्नेतले सदनमै उग्र रुपम प्रस्तुत भएका हुन्।
यसअघि १० बुँदे माग सहित संसद अबरुद्ध गराउदै आएको एमालले तीन पटक बैठक गराएको थियो। तर जुट्न नसकेपछि चौथो बैठकमा सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक २०७८ प्रस्तुत गर्न मुख्यमन्त्रीलाई बोलाएपछि एमाले सांसद विरोधमा उत्रेका थिए।
बजेट पास गर्न एमाले सांसद र गठबन्धनका मन्त्री सांसदबिच भनाभन पनि भएको थियो। एमाले रोस्ट्रमतिर जान लागेपछि मार्सल नै लगाएर सभामुख अघिकारीले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। बजेट निर्णयार्थ प्रस्तुत भएपछि एमाले सांसदहरूले बैठक नै बहिष्कार गरेर हिडेका छन्।
आगामी आर्थिक वर्ष २०७८(७९ को बजेट भने बहुमतले पारित भएको छ। सत्तापक्षसँग बहुमत भएको हुँदा बजेट पारित भएको हो।