बिएल संवाददाता
एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि एमालेमा बस्ने ठाउँ नरहेको बताएका छन्।
बालुवाटारबाट बालकोट पुग्दा स्वागत गर्न आएका कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै नेपालबारे कठोर अभिव्यक्ति दिएका हुन्।
उनले नेपालका लागि एमालेका सबै ढोका बन्द भएको पनि घोषणा गरे। सर्वोच्च अदालतबाट जारी परमादेशका कारण सरकारबाट बाहिरिनु परेका ओली आजै ठूलो र्यालीसहित बालकोट फर्केका हुन्।

ओलीले वरिष्ठ नेता नेपालसहित केही नेताहरु विकाउमाल बनेको समेत आरोप लगाए। ‘हाम्रो साथीहरु बिकाउ माल बने। विरोधीलाई अदालतबाट सत्ता बुझाए,’ ओलीले भने, ‘अरु साथीहरुको हकमा पार्टीमा काम सँगै काम गर्न सकिएला तर माधव नेपालको हकमा एमालेमा स्वीकार्ने कुनै ठाउँ बाँकी छैन।’

ओलीले भने, ‘माधव नेपाल गद्दार हुन्। उनकै कारण अहिलेको अवस्था आएको हो। नेपालको सर्वोच्च अदालतमा कहीँ नभएको जात्रा भयो। मलाई जनमतले होइन अदालतमा मुद्दा हालेर निकालियो। जालझेर गरेर निकालियो। मर्न परे पनि शानले मर्छौैँ।’
देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारीको माग गर्ने एमालेका २३ जना सांसदको नेतृत्व माधव नेपालले गरेका थिए। देउवाको मंगलबार भएको प्रधानमन्त्री पदको सपथ ग्रहण समारोहमा पनि प्रधानमन्त्री ओली सहभागी भएनन्। नेपालले भने देउवालाई बधाई दिन प्रचण्डभन्दा अगाडि नै पुगेका थिए।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया