बिएल संवाददाता
एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि एमालेमा बस्ने ठाउँ नरहेको बताएका छन्।
बालुवाटारबाट बालकोट पुग्दा स्वागत गर्न आएका कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै नेपालबारे कठोर अभिव्यक्ति दिएका हुन्।
उनले नेपालका लागि एमालेका सबै ढोका बन्द भएको पनि घोषणा गरे। सर्वोच्च अदालतबाट जारी परमादेशका कारण सरकारबाट बाहिरिनु परेका ओली आजै ठूलो र्यालीसहित बालकोट फर्केका हुन्।

ओलीले वरिष्ठ नेता नेपालसहित केही नेताहरु विकाउमाल बनेको समेत आरोप लगाए। ‘हाम्रो साथीहरु बिकाउ माल बने। विरोधीलाई अदालतबाट सत्ता बुझाए,’ ओलीले भने, ‘अरु साथीहरुको हकमा पार्टीमा काम सँगै काम गर्न सकिएला तर माधव नेपालको हकमा एमालेमा स्वीकार्ने कुनै ठाउँ बाँकी छैन।’

ओलीले भने, ‘माधव नेपाल गद्दार हुन्। उनकै कारण अहिलेको अवस्था आएको हो। नेपालको सर्वोच्च अदालतमा कहीँ नभएको जात्रा भयो। मलाई जनमतले होइन अदालतमा मुद्दा हालेर निकालियो। जालझेर गरेर निकालियो। मर्न परे पनि शानले मर्छौैँ।’
देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारीको माग गर्ने एमालेका २३ जना सांसदको नेतृत्व माधव नेपालले गरेका थिए। देउवाको मंगलबार भएको प्रधानमन्त्री पदको सपथ ग्रहण समारोहमा पनि प्रधानमन्त्री ओली सहभागी भएनन्। नेपालले भने देउवालाई बधाई दिन प्रचण्डभन्दा अगाडि नै पुगेका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया