भारतः जम्मु-काश्मीरमा आतंकवादी गतिविधिमा संलग्न सरकारी कर्मचारीहरु बर्खास्त

Photo : dawn.com
Photo : dawn.com

भारतको जम्मु काश्मीरमा आतंकवादी गतिविधिमा संलग्न रहेका ११ सरकारी कर्मचारीलाई बर्खास्त गरिएको छ।

जम्मु काश्मीरमा ११ सरकारी कर्मचारीहरु आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा बर्खास्त भएका हुन्।

बर्खास्त भएका मध्ये दुई जना इस्लामिक लडाकु समूह हिज्बुल मुजाहिद्दिनका प्रमुख सइद सलाउद्दिनका छोराहरु रहेको  बताईएको छ।

सलाउद्दिनका छोराहरु सइद अहमद सकिल र शाहिद युसुफले हिज्बुल मुजाहिद्दिन समूहलाई आर्थिक बन्दोबस्तको काम गर्ने गरेको खुलेको छ।

जम्मु काश्मीरमा आतंकवादमाथि छानबिन गर्ने समितिले आतंकवादी गतिविधिमा संलग्न अभियुक्तहरुलाई सरकारी नोकरीबाट तत्काल हटाउनुपर्ने सिफारिस गरेको थियो।

संवैधानिक र कानूनी आधारमा अभियुक्त सरकारी कर्मचारीलाई बर्खास्त गरिएको बताईएको छ। अनन्तनाग जिल्लास्थित दुई सरकारी शिक्षकहरु पनि राष्ट्रवाद विरोधी गतिबिधिमा संलग्न रहेको अभियोगमा बर्खास्त भएका छन्।

त्यस्तै, प्रहरी अब्दुल रासिद शिगनले आफ्नै सुरक्षाकर्मी सेनामाथि आक्रमण गरेको पाईएको छ।

प्रकाशित मिति: : 2021-07-14 10:02:00

प्रतिकृया दिनुहोस्