दक्षिण अफ्रिकामा हिंसा नियन्त्रण गर्न सेना परिचालन

Photo - Reuters
Photo - Reuters

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले आम नागरिकलाई ''हिंसाविरुद्ध उभिन'' आह्वान गरेका छन्।

पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै त्यहाँ हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्।

गत हप्ता जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेसँगै कम्तीमा ६ जनाको मृत्यु भएको छ भने झन्डै ५०० जना पक्राउ परेका छन्।

पसलहरू लुटिएका छन् भने भवनहरू आगजनीमा परेका छन्। 

खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरिएको बीबीसीले जनाएकाे छ।

भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएका कारण उनलाई अदालतको अपहेलनामा दोषी ठहराइएको थियो।

भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाइ १५ महिनाको जेल सजाय सुनाइएको थियो।

संवैधानिक अदालतले आफ्नो सजाय फिर्ता लिने वा कम गरिदिने उनले अपेक्षा गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-07-13 08:00:00

प्रतिकृया दिनुहोस्