बङ्गलादेश: सङ्क्रमितको सङ्ख्या ११ हजार ८०० भन्दा बढी, २३० सङ्क्रमितको मृत्यु

Photo - AFP
Photo - AFP

बङ्गलादेशमा कोभिड सङ्क्रमितको सङ्ख्यामा आइतबार पनि उल्लेख्य वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ।

स्वास्थ्य सेवा महानिर्देशनालयको तथ्याङ्क अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ ८७४ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने २३० जनाको मृत्यु भएको छ।

अहिलेसम्म बङ्गलादेशमा कूल १६ हजार ४१९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने कूल सङ्क्रमितको सङ्ख्या एक लाख २१ हजार १८९ पुगेको छ।

सरकारी तथ्याङ्कमा पछिल्लो एक दिनमा बङ्गलादेशभर ४० हजारभन्दा बढीको कोभिड सङ्क्रमण परीक्षण गरिएको छ।

आइतबार कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ हजार ३६२ रहेको छ भने बङ्गलादेशमा अहिलेसम्म कूल आठ लाख ७४ हजार ५०१ सङ्क्रमित निको भएका महानिर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-12 06:46:00

प्रतिकृया दिनुहोस्