बङ्गलादेशमा कोभिड सङ्क्रमितको सङ्ख्यामा आइतबार पनि उल्लेख्य वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ।
स्वास्थ्य सेवा महानिर्देशनालयको तथ्याङ्क अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ ८७४ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने २३० जनाको मृत्यु भएको छ।
अहिलेसम्म बङ्गलादेशमा कूल १६ हजार ४१९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने कूल सङ्क्रमितको सङ्ख्या एक लाख २१ हजार १८९ पुगेको छ। सरकारी तथ्याङ्कमा पछिल्लो एक दिनमा बङ्गलादेशभर ४० हजारभन्दा बढीको कोभिड सङ्क्रमण परीक्षण गरिएको छ।
आइतबार कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ हजार ३६२ रहेको छ भने बङ्गलादेशमा अहिलेसम्म कूल आठ लाख ७४ हजार ५०१ सङ्क्रमित निको भएका महानिर्देशनालयले जनाएको छ।