सुरक्षा कारवाहीमा १०९ तालिवान लडाकुकाे मृत्यु, लाखौँ अफगानीहरु विस्थापित

Photo : AFP
Photo : AFP

अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा १०९ तालिवान लडाकुहरु मारिएकाे तथ्यांक सार्वजिनक भएकाे छ।

देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको घटनामा परी अरु २५ जना घाइते समेत भएको अधिकारीहरुले शनिबार साँझ जानकारी दिएका छन्।

मृत्यु भएकामध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो। सो घटनामा अरु आठ जना घाइते भएका थिए। सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ।

त्यसैगरी हेल्मन्द प्रान्तमा भएको घटनामा परी ३९ लडाकूको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन्।

अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व भइरहेको छ। लगातारका ठूला ठूला हिंसात्मक घटनाहरुका कारण अहिलेसम्म हजारौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। त्यसैगरी लाखौँ अफगानीहरु विस्थापित भएका छन्।

लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्व अन्त्यका लागि वार्ता भइरहेपनि अन्त्य हुनभने सकेको छैन।

प्रकाशित मिति: : 2021-07-11 15:51:00

प्रतिकृया दिनुहोस्