आफैमा चित्त बुझ्दैन
हिजाे-आज देशकाे कुरा गर्दा,
किन यत्ति लामाे समयसम्म
सैन्यहरूकाे अप्रिय क्रूरता
सहनु परेकाे छ ?
आफ्नै जीवनलाई तिलाञ्जली दिएर
तयार छन् याेद्धाहरू,
र, पनि पर्खिरहेका छन् एउटा समय।
फूल बाँड्दा पनि अपराधी ठान्ने,
फूल लगाउदा पनि हिंसा जन्माउने,
संवेदनाहिन क्रूर सत्ताकाे अन्त्य कहिले हुन्छ ?
युद्ध हाम्राे चाहना हाेइन,
तर युद्धबाट टाढा पनि हुँदैनाै,
हामीले फेरेका श्वासहरू
लुकामारी खेलिरहेका छन्
र अन्याैलतामा बाँचिरहेका छाै हामी,
बच्चाहरूकाे काेमल मानसपटलमा
क्रूरताकाे डर छाएकाे छ,
जति सम्पन्न भए पनि
बाँच्नकै लागि सजायजस्तै भाेग्नु परेकाे छ,
युद्धकाे विज्ञापन चलेकाे छ,
काेलाहल छ चारैतिर,
त्रसित र भयभित छन् सबै,
निराश र हताश छन् सबै,
भाेलि के हुन्छ,
कसैलाई थाहा छैन।
जब साँझ ढल्कन्छ,
तब शहर नै थर्कन्छ
बन्दुकका आवाजहरुले,
पंक्षीहरू समेत उड्न डराइरहेका छन्,
घाम उदाउन र अस्ताउन डराएकाे छ,
घरका आगनहरू सुनसान छन्,
बल्दैनन् बत्तीहरू,
बरू सुनिन्छ नानीहरूकाे राेदन्,
आमाहरू शान्त राख्न खाेज्छन् बच्चाहरू।
सुन्दर दिनकाे कल्पना गरिरहेका छन् सबै
र भनिरहेका छन्,
न्याय र स्वतन्त्रताकाे हाम्राे बिहानी कहिले आउँछ ?
केवल एउटा मानिसमात्र छैन यहाँ,
यहाँ नगन्य छन् स्वतन्त्रता चाहनेहरू ।
क्रूर सैन्यहरू बन्दुक ठाेक्छन् यहाँ
हाम्राे आवाजहरुमा,
षड्यन्त्र बिछ्याइएका छन् शहरभरी
जनतालाई त्रासमा राखेर
उनीहरु खेल्छन् छक्का पञ्जाकाे खेल
गाेप्य पत्ती लुकाएर तासकाे खेल।
अचेल उपहार आउदैन मृत्युशिवाय,
बरू चाेकहरूमा खुलेआम मच्चाउँछन् ताण्डप।
अचेल यहाँ सर्वत्र छ मृत्यु।