निर्मल कुलुङकाे एक गजल

निर्मल कुलुङ

उर्लाबारी
Breaknlinks
Breaknlinks

चक्काले किचेर गई
पहाडले थिचेर गई।

ढुंगाको  रहेछ मन
बेस्सरी घिचेर गई।

मेरो चोखो प्रेमको
सीमाना मिचेर गई।

यत्रो साल यो ज्यानको
तस्बीर खिचेर गई।

पोल्दैछ जिन्दगी यो
बिष पानी सिंचेर गई।

प्रकाशित मिति: : 2021-07-10 12:06:00

प्रतिकृया दिनुहोस्