कोभिडविरुद्ध खोपको सहज पहुँचबारे भारतीय प्रधानमन्त्री र अस्ट्रेलीयाली समकक्षीबीच टेलिफोन वार्ता  

बिएल संवाददाता

नयाँ दिल्ली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ विरुद्धको खोपमा सहज पहुँचका बिषयमा अस्ट्रेलीयाली समकक्षी स्कट मोरिसनसँग वार्ता गरेका छन्।

प्रधानमन्त्री मोदीले अस्ट्रेलीयाली प्रधानमन्त्री मोरिसनसँग कोभिड-१९ खोपको सहज र न्यायसंगत पहुँचको विषयमा टेलिफोन वार्ता गरेका हुन्।

वार्तामा दुबै देशका प्रधानमन्त्रीले विश्वमा कोराना भाइरस माहामारीविरुद्ध खोप अति महत्वपूर्ण रहेको निष्कर्ष निकालेका छन्।

टेलिफोन वार्तामा प्रधानमन्त्रीद्धय मोदी र मोरिसनले भारतमा जारी कोरोना भाइरसको दोस्रो लहर तथा खोपको बौद्धिक सम्पति अधिकारको अनुमतिबारे छलफल गरेका थिए। भारतले सबैलाई कोभिड-१९ विरुद्ध खोप उपलब्ध हुनुपर्ने भन्दै खोपको बौद्धिक सम्पति अधिकारको अनुमतिको लागि विश्व व्यापार संगठनमा प्रस्ताव राखेको छ।

वार्तापछि प्रधानमन्त्री मोदीले भारतमा कोभिड-१९ माहामारीविरुद्ध सहायता गरेको भन्दै अस्ट्रेलीयाली प्रधानमन्त्री मोरिसनलाई धन्यवाद व्यक्त गर्दै ट्विट गरेका छन्।

अस्ट्रेलीयाली प्रधानमन्त्री मोरिसनले पनि भारतले विभिन्न मुलुकहरुमा खोप निर्यात गरेको उल्लेख गर्दै संकटको समयमा भारतमा अक्सिजन कन्सन्ट्रेटर तथा भेन्टिलेटरहरु उपलब्ध गर्ने ट्विटरमा बताएका छन्।

प्रकाशित मिति: : 2021-07-10 06:50:00

प्रतिकृया दिनुहोस्