पूर्वाधार लगानी वृद्धि गर्न भारतीय अर्थमन्त्रीको आग्रह

बिएल संवाददाता

नयाँ दिल्ली
Photo : rediff.com
Photo : rediff.com

भारतीय अर्थमन्त्री निर्मला सिथारमनले पूँजीगत व्ययको लक्ष्यभन्दा धेरै खर्च गर्न तथा व्यावहारिक परियोजनाका लागि सार्वजनिक नीजि साझेदारीको खोजी गर्न विभिन्न मन्त्रालयहरुलाई आग्रह गरेकी छन्।

'पूर्वाधार रोडम्याप'बारे छलफलमा वरिष्ठ सरकारी अधिकारीहरुसँग छलफलमा अर्थमन्त्री सिथारमनले पूँजीगत खर्चभन्दा धेरै खर्च गर्न तथा व्यवहारिक परियोजनामा जोड दिन विभिन्न मन्त्रालयलाई आग्रह गरेकी हुन्।

सबै मन्त्रालय तथा मातहतका केन्द्रीय सार्वजनिक क्षेत्रका उद्योगहरुले लघु, साना तथा मझौला कम्पनीहरुको शुल्क समयमै बुझाउन पनि अर्थमन्त्री सिथारमनले आग्रह गरिन्।

अर्थमन्त्रीले 'पूर्वाधार रोडम्याप'बारे गरेको यो पाचौँ समीक्षा बैठक हो। मन्त्रालयहरु र मातहतका केन्द्रीय सार्वजनिक क्षेत्र उद्योगको पूँजीगत खर्च, बजेट घोषणा कार्यान्वयनको अवस्था र तिब्र पूर्वाधार लगानी विषयहरुमा छलफल भएको बताईएको छ।

विभिन्न मन्त्रालयहरुको पूँजीगत खर्चको समीक्षा गर्दै अर्थमन्त्री सिथारमनले कोरोना माहामारी पछिको अर्थतन्त्र पुनर्जिवित गर्न पूँजीगत खर्च वृद्धिले महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन्।

पूर्वाधार लगानीमा नीजि क्षेत्रलाई पनि सबै प्रकारको सहायता गर्न अर्थमन्त्री सिथारमनले मन्त्रालयहरुलाई आग्रह गरिन्। 

प्रकाशित मिति: : 2021-07-09 07:50:00

प्रतिकृया दिनुहोस्