कोभिडविरुद्ध खोपको बौद्धिक सम्पति अनुमतिबारे भारतको प्रस्तावमाथि संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा समर्थन 

बिएल संवाददाता

नयाँ दिल्ली
Photo : Reuters
Photo : Reuters

संयुक्त राष्ट्रसंघ (युएन)का प्रमुख एन्टोनिया गुटर्सले कोभिड-१९ विरुद्ध खोप अनुमतिबारे भारतको प्रस्तावलाई समर्थन गरेका छन्।

भारत र दक्षिण अफ्रिकाले कोभिड-१९ विरुद्ध खोप अनुमतिबारे गरेको प्रस्तावमाथि संयुक्त राष्ट्रसंघ प्रमुख गुटर्सले समर्थन जनाएका हुन्। यधपी, खोप सामाग्री अनुमति लिँदा प्राविधिक रुपले टेक्नोलोजी रुपान्तरणमा साथ दिनुपर्ने गुटर्सले जोड दिएका छन्।

बेलायतको कर्नवाल शहरमा आयोजित 'जी-सेभेन' सम्मेलनमा बोल्दै युएन् प्रमुख गुटर्सले खोपको बौद्धिक सम्पति अनुमतिको विषयमा साथ दिने बताएका हुन्।

भारत र दक्षिण अफ्रिकाले कोभिड-१९ विरुद्ध खोपको उत्पादन र प्रयोगको अनुमतिका लागि विश्व व्यापार संगठन (डब्लुटीओ)मा प्रस्ताव राखेका छन्।

भारत र दक्षिण अफ्रिकाले विकासोन्मुख राष्ट्रहरुमा खोपको छिटो र सहज पहुँच हुनुपर्ने माग गर्दै खोपको बौद्धिक सम्पति अनुमतिका लागि 'डब्लुटीओ'मा प्रस्ताव राखेका हुन्।

बौद्धिक सम्पति अधिकारका समस्याहरु सम्बोधन गर्नेजस्ता विषयमा विस्तृत कार्यक्रम अवलम्बन गर्नुपर्ने भन्दै भारत र दक्षिण अफ्रिकाको प्रस्तावलाई साथ दिने गुटर्सले बताए।

खोपको बौद्धिक सम्पति अनुमति उपलब्ध गर्नका लागि सरकार तथा औषधि कम्पनीहरुबीच बलियो सहकार्य र सहमति आवश्यक रहेको गुटर्सले बताए। अमेरिकाले पनि विश्वमा कोरोना माहामारी विरुद्ध लड्नका लागि खोप उपलब्ध गर्न खोपको बौद्धिक सम्पति प्रयोग अनुमतिको विषयलाई समर्थन गर्दै आएको छ।

प्रकाशित मिति: : 2021-07-09 07:25:00

प्रतिकृया दिनुहोस्