महानगरको मनलाग्दी : फ्रन्टलाइनरको भित्तेचित्र मेटायो, होर्डिङ बोर्ड र पर्चा हटाएन

थाहा खबर

काठमाडौँ

श्याम राई

 

काठमाडौं महानगरपालिकाले गत बुधबार रत्नपार्कको आकाशे पुलको भित्तामा कोरिएको कोभिड–१९ विरुद्ध खटिएका फ्रन्टलाइनरको चित्र मेटायो। जुन भित्ते चित्रमा दुजाङ शेर्पाको डिजाइनमा अग्रपंक्तिमा खटिएका व्यक्तिको सम्मानका लागि चित्रकार साङ्गे थिङ लामा, सुमिना श्रेष्ठ, कृपा शेर्पालगायतले कोरेका थिए।

त्यहाँ डाक्टर,नर्स, पत्रकार, प्रहरी, सशस्त्र प्रहरीलगायतको तस्बिर थियो। तर,भित्तामा चित्रहरू कोर्न नपाइने भन्दै महानगरपालिकाले मेटायो। यस विषयमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने,‘सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोललगायतमा रहेका पर्चा, पम्प्लेट, भित्तेलेखन, होर्डिङ बोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्‍न नदिन आदेश दिएकोले नीति‚ नियमभित्र रहेर चित्र मेटाएका हौँ।’

महानगरपालिकाले चित्र मेटाएपछि यतिखेर चौतर्फी विरोध र आलोचना भइरहेको छ। आफ्नै लाखौँ खर्चमा ७ दिन लगाएर बनाएको चित्र महानगरले एकाएक मेटाएपछि चित्रकारहरू दुखित भएका छन्। आक्रोशित छन्।

 

प्रकाशित मिति: : 2021-07-07 18:08:00

प्रतिकृया दिनुहोस्