रहेनन् बलिउड अभिनेता दिलिप कुमार

Indiatoday

बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ। लामो समयदेखि उपचाररत उनको मुम्बईस्थित हिन्दुजा अस्पतालमा निधन भएको उनकी पत्नी तथा नायिका सायरा बानोले यो कुराको पुष्टि गरेकी हुन्।

९८ वर्षीय अभिनेता कुमारलाई सास फेर्न गाह्रो भएपछि गत बुधवार अस्पताल भर्ना गरिएको थियो। उनको मृत्युले बलिउड फिल्मी जगत शोकमा डुबेकाे छ।

दिलिप कुमारको वास्तविक नाम मुहम्मद यूसुफ खान हाे। उनी लोकप्रिय अभिनेतासँगै भारतीय संसदको माथिल्लो सदन राज्यसभाका पूर्वसदस्य समेत हुन्।

उनको जन्म पेशावर (हालकाे पाकिस्तानमा) शहरमा भएको थियो। उनका बुबा मायानगरी मुम्बईमा बस्न सरेपछि दिलिप कुमारले हिन्दी फिल्महरूमा काम गर्न शुरू गरेका थिए।

सन् १९४४ मा रिलिज भएको सिनेमा  ‘ज्वारभाटा’बाट अभिनय सुरु गरेका नायक कुमारद्वारा अभिनित अन्तिम सिनेमा सन् १९९८ मा रिलिज भएको ‘किल्ला’  हो। 

उनले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘कलिङ्गा’ , जो प्रदर्शन हुन् सकेन। उनको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित सबै सिने कलाकारहरुले समवेदना प्रकट गरेका छन्। 

 

उनी भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता, चलचित्र निर्माता तथा राजनितिज्ञ समेत मानिन्थें।

प्रकाशित मिति: : 2021-07-07 08:26:00

प्रतिकृया दिनुहोस्