...अनि म नयाँ कोठामा सरेँ

शिलापत्र

काठमाडौँ

 लोकेन्द्र बोगटी

 

चीनको वुहानबाट गत साल डिसेम्बरयता सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पहिलो पटक १० माघ ०७६ मा (जनवरी २४,२०२०) मा पुष्टि भएको थियो । चीनबाट आएका नेपाली विद्यार्थीमा नेपालमा पहिलो पटक कोरोना पोजिटिभ देखिएको थियो । उनी चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय नेपाली पुरुष हुन् । विस्तारै अवस्था जटिल बन्दै गएपछि सरकारले गत चैत ११ देखि निषेधाज्ञा जारी गर्‍यो ।

सतर्क रहँदारहँदै पनि कोरोनाको दोस्रो लहरबाट म पनि अछुतो रहन सकिनँ । होटल म्यानेजमेन्ट पढ्ने मेरो कान्छो भाइलाई क्याम्पसले प्रयोगात्मक कक्षा लिनका लागि ग्यान्टोक पठाएको थियोे । भारतमा कोरोनाको दोस्रो लहरले विकारल रूप लिनेे संकेत पाएपछि सत्र (१७) दिनमै भाइलाई होटलले फर्काइदियो । कोठामा तीन (३) दिन बसेपछि मैले घरमा पठाइदिएँ । घरमा पुगेको दुई (२) दिनपछि भाइ बिरामी भयो । भलुवाहीमा झरेर भाइले केही दबाई प्रयोग गर्‍यो ।

भाइ बिरामी भएको चार (४) दिनदेखि बुबा र ममी बिरामी पर्न थाल्नुभयो । भाइलाई दबाईले काम नगरेपछि ममीले लिएर जिल्ला हस्पिटल सिन्धुली आउनुभयो । ममी र भाइ दुवै जनालाई परीक्षण गरियो । बुबाले कोरोनाको पनि परीक्षण गर्ने सल्लाह दिनुभएको थियो । डाक्टरले कोरोनाको औषधि नबनेका कारण जँचाएर खासै फरक नपर्ने तथा आवश्यक औषधि भने लेखिदिनुभएको थियो ।

प्रकाशित मिति: : 2021-07-06 22:30:00

प्रतिकृया दिनुहोस्