एउटा फिल्म खेल्दा २९ कराेडसम्म लिन्छन् यी नायिका

बलिउडमा अभिनेत्रीहरुभन्दा अभिनेताहरुले पारिश्रमिक बढी लिएको पाइन्छ।

बेला बेलामा अभिनेत्रीहरुले आफ्नो पारिश्रमिकको विषयमा आवाज उठाउँदै पनि आएका छन्। चलचित्रमा मुख्य पात्रको भूमिकाको लागि बराबर काम गरे पनि पारिश्रमिक भने अभिनेताहरूकाे तुलनामा दोब्बरभन्दा बढी फरक पर्छ।

यहाँ केही बलिउड अभिनेत्रीहरुले एउटा चलचित्र गरेबापत लिने पारिश्रमिक उल्लेख गरिएको छः

दीपिका पादुकोण

चलचित्र 'ओम शान्ति ओम' बाट चर्चामाा आएकी दीपिकाले आजसम्म दुई दर्जनभन्दा धेरै चलचित्रमा काम गरिसकेकी छन्। अभिनेता रणविर सिंहसँग वैवाहिक सम्बन्धमा बाँधिएकी दीपिकाले एउटा चलचित्रमा काम गरेबापत २९ करोड पारिश्रमिक लिन्छिन्। त्यसो त उनले अन्य विभिन्न व्यवसायहरुमा पनि लगानी गरेकी छन्।

कंगना रनौत


अब्बल अभिनय गरेर आफूलाई स्थापित गरेकी अभिनेत्री हुन्, कंगना। उनलाई दर्शक र प्रशंसकहरुले बौद्धिक अभिनेत्री पनि भन्छन्। उनी स्पष्ट विचार राख्ने वक्ता पनि हुन्। सामाजिक मुद्दा होस् या राजनीतिक मुद्दा, उनले आफ्नो स्पष्ट विचार राखिहाल्छिन्। यसको कारण उनी कहिलेकाही विवादमा समेत आउछिन्। उनले एउटा चलचित्र गरेबापत २४ करोड पारिश्रमिक लिने गरेकी छन्। 

प्रियंक चोपडा

प्रियंका पनि सफल अभिनेत्रीहरुको सूचीमा पर्छिन्। केही महिनाअघि उनले आफ्नो अटो बायोग्राफी पुस्तकसमेत प्रकाशित गरिन्। दुई दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेकी प्रियंकाले एउटा चलचित्रमा काम गरेबापत १८ करोड लिने गरेकी छन्। 

करिना कपूर

करिना कपूर एक अभिनेत्रीको अलावा एक सफल व्यवसायी पनि हुन्। अभिनेता शेफ अलि खानसँग विवाह गरेकी करिनाकी छोरी सारा अलि पनि बलिउडमै उदाइरहेकी छन्। तीन दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेकी करिनाले विभिन्न होटल र कम्पनीहरुमा समेत लगानी गरेकी छन्। उनले एउटा चलचित्रमा काम गरेबापत १५ करोड लिदै आएकी छन्। 

कट्रिना कैफ

बेलायती मुलकी अभिनेत्री कट्रिनालाई बलिउड राम्रैसँग फाप्यो। उनी पनि एक सफल अभिनेत्री नै हुन्। उनले दर्जनौँभन्दा बढी हिट चलचित्रहरु दिएकी छन्। कट्रिनाले बलिउड प्राय सबै अभिनेताहरुसँग स्क्रीन शेयर गरिसकेकी छन्। उनले एक चलचित्रमा काम गरेबापत १३ करोड लिने गर्छिन्। 

प्रकाशित मिति: : 2021-07-06 16:41:00

प्रतिकृया दिनुहोस्