इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो

Symbolic photo
Symbolic photo

इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण दिनप्रति दिन बढ्दै गइरहेको पाइएको छ। 

इजरायली शिक्षा मन्त्रालयसमेत विद्यार्थीहरुलाई चिनियाँ भाषा अध्ययनका लागि प्रेरित गर्ने गरेको जनाइएको छ।  

विश्व बजारमा चिनियाँ प्रभाव बढ्दै गइरहेकाले चिनियाँ भाषा उपयोगी र प्रभावकारी हुने देखिएकाले चिनियाँ भाषा सिक्न प्रेरित गर्ने गरिएको इजरायली अधिकारीहरुको भनाइ छ। 

इजरायलमा सन् २००९ बाट राष्ट्रिय पाठ्यक्रममा चिनियाँ भाषालाई समावेश गरिएको थियो । त्यसपछि लगातार यो पाठ्यक्रम लोकप्रिय हुदै गएको छ। 

इजरायलको शिक्षा मन्त्रालय अन्तर्गतको चिनियाँ भाषा अध्यापन प्रमुख तामर कोहेन केहाटले सन् २००९ मा इजरायलका १० विद्यालयमा चिनियाँ भाषा अध्ययन गर्न पाइने व्यवस्था गरिएको जानकारी दिए। 

अहिले भने देशभरका प्राथमिक, माध्यमिक र उच्च विद्यालय गरी ४० विद्यालयमा तीन हजार विद्यार्थीले अध्ययन गरिरहेको पनि उनले बताए। 

पछिल्लो दशक चीन र इजरायलबीचको सम्वन्ध पनि बलियो बन्दै गइरहेको छ भने त्यसको प्रत्यक्ष असर इजरायलमा चिनियाँ भाषा सिकाइमा पनि परेको छ। दुई देशका वीचमा पछिल्लो समय धेरै क्षेत्रमा सहकार्य र सहयोग आदान प्रदान भइरहेको कुटनीतिज्ञहरुले बताएका छन्। रासस  

प्रकाशित मिति: : 2021-07-05 22:31:00

प्रतिकृया दिनुहोस्