अमेजनका प्रमुख जेफ बेजोसले दिए राजीनामा

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : Getty image
Photo : Getty image

विश्वको सर्वाधिक धनीको सूचीमा रहेका जेफ बेजोस अमेजनको प्रमुख पदबाट राजीनामा दिएका छन्।

अमेजन स्थापना भएको २७ वर्षपछि बेजोसले आज (सोमबार) अमेजनको प्रमुखबाट राजीनामा दिएका हुन्।

अब कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी एन्डी जेसीले सम्हाल्ने बताइएको छ। 

बेजोसले यसअघि पनि आफू समाजसेवामा लाग्ने बताउदै आएका थिए।

उनले 'वासिङ्टन पोस्ट', स्पेस कम्पनी 'ब्लू ओरिजिन' लगायत अन्य कम्पनीको जिम्मेवारी भने यथावत नै रहेको बताएका छन्। 

प्रकाशित मिति: : 2021-07-05 16:32:00

प्रतिकृया दिनुहोस्