अपहरणमा परेकाे भनिएकी सुजिता भण्डारी मृत फेला परिन्

अपहरणमा परेकाे भनिएकी चितवनकी सुजिता भण्डारी मृत भेटिएकी छन्।

राप्ती नगरपालिका-३ कि २२ वर्षीया भण्डारीकाे शव आइतबार साँझ राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनमा फेला परेको हो।

जंगलमा च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ।

शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइकाे चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताएका छन्।

असार ११ गते बिहान तरकारी किन्न निस्किएकी उनले दिउँसो सवा १२ बजे दिदी कवितालाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताउँदै आएको थियो।

उनको खोजी गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको थियो। घटनाकाे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: : 2021-07-05 08:07:00

प्रतिकृया दिनुहोस्