कैदीसँग यौन–सम्पर्क गर्ने 'महिला जेलर'ले भाेगिन् यस्ताे सजाय

बिएल संवाददाता

क्यालिफाेर्निया

क्यालिफोर्नियाको एक जेलमा यूनिफर्ममै कैदीसँग यौन सम्पर्क राखेको अभियोगमा एक महिला जेलरलाई सश्रम कारावासको सजाय सुनाइएको छ।

२७ वर्षीया टिना गोन्जालेजलाई ११ महिनाको सश्रम कारावास सजाय सुनाइएको हाे।

यौन सम्पर्क गर्ने कैदी वयस्क भएको र सहमतिमै भएको कारण कुनै पनि कैदीलाई सजाय दिइएको छैन। तर, जेलर गोन्जालेजलाई भने कामको समयमा अश्लील क्रियाकलाप गरेको अभियोगमा सजाय दिइएको हो।

फ्रेस्नो काउन्टीका सहायक सेरिफ स्टिब मेककमसका अनुसार गोन्जालेजलाई नोकरीको समयमा लिएको सपथको उल्लंघन गरेको अभियोगमा बेग्लै सजाय हुनेछ।

आरोपी महिना जेलर गोन्जालेजले भने यसमा आफूलाई कुनै अपराधबोध नभएको र यौन सम्बन्ध सामान्य भएको बताएकी छिन्। 

प्रकाशित मिति: : 2021-07-04 17:35:00

प्रतिकृया दिनुहोस्