कोरोना अपडेटः १६०३ जनामा संक्रमण, २५५२ संक्रमणमुक्त

फाइल तस्वीर
फाइल तस्वीर

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार १३२ जनाको परीक्षण हुँदा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५६१ कोरोनभाइरस संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार देशभर हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४४ हजार ६२२ जना र  निको हुनेको सङ्ख्या ६ लाख ९ हजार २१८ पुगेको छ।

सोही अबधिमा सङ्क्रमणबाट २७ जनाको मृत्युभएको छ। योसँग मृत्यु हुनेको सङ्ख्या ९ हजार २२५ पुगेको मन्त्रालयले जनाएको  छ। 

प्रकाशित मिति: : 2021-07-04 16:48:00

प्रतिकृया दिनुहोस्