नेवार र दलित समुदायलाई कसरी जोड्ने ?

डा. पुरुषोत्तमलोचन श्रेष्ठ

आफ्नो अध्ययन अनुसन्धानलाई आधारमा मानेर निष्पक्ष रूपमा भन्ने हो भने, नेवारको धर्म–संस्कार तान्त्रिक धर्मबाट प्रभावित छ । तन्त्र एउटा पद्धति हो । धार्मिक मतहरूमा तन्त्रले प्राथमिकता पाएपछि संस्कार गहन हुन्छ ।

नेवारहरूमा बौद्ध र हिन्दू धर्मावलम्बी दुवै छन् । विभिन्न देउतालाई आफ्नो दृष्टिकोणबाट मान्ने, पुज्ने परम्परा प्राचीनकालदेखि रहिआइरहेको छ । 

हिन्दू धर्मबाट प्रभावित होऊन् वा मौलिक संस्कारले प्रभावित होऊन्– आफ्नै रैथाने संस्कृतिका हिसाबले नेवार समुदाय चलेको छ । नेवारको धर्म–संस्कृतिलाई लिएर विभिन्न जात छन्, तर कर्मका आधारमा सबै सम्मानित वर्गको रूपमा रहिआएका छन् । 

जातीय विभेद धर्म र मौलिक संस्कारबाट आएको होइन । जोसँग आर्थिक अवस्था उच्च छ, जसको सामाजिक हैसियत उच्च छ, उनीहरूले कामका आधारमा विभेद गरेको पाइन्छ । ठूलो–सानो, पानी चल्ने–नचल्ने भन्ने विकृत मनस्थितिबाट आएको हो । 

मानिस जातले होइन, कर्मले ठूलो हुन्छ । नेवारहरूको तन्त्रप्रधान धर्म संस्कृतिमा पनि ऊँचनीच, पानी चल्ने–नचल्ने केही छैन । उदाहरणका लागि, तलेजुलाई लिन सकिन्छ । नेवारको मूल बस्ती भएको स्थानमा तलेजु छ । तलेजुमा सारा जातका मानिसले प्रतिनिधित्व गर्छन् । त्यहाँ ब्राह्मणदेखि कसाईको समेत प्रतिनिधित्व हुन्छ । तलेजु भनेको नेवारको सांस्कृतिक तथा धार्मिक ढुकढुकी हो । तलेजुमा कर्मले महŒव पाएको हुन्छ, जातले कुनै महत्त्व राख्दैन । 

प्रकाशित मिति: : 2021-07-04 16:02:00

प्रतिकृया दिनुहोस्