उइघुर जातिको बाध्य श्रमबाट चीनमा उत्पादित सामाग्री निर्यातमा अमेरिकाद्धारा प्रतिबन्ध

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : BBC
Photo : BBC

अमेरिकाले चीनमा अल्पसंख्यक उइघुर समुदायको बाध्य श्रमबाट उत्पादित सामाग्रीकाे निर्यातमा रोक लगाएको छ।

चीनको सिन्जियाङ क्षेत्रमा अल्पसंख्यक उइघुर समुदायको बाध्य श्रमबाट उत्पादित सामाग्री निर्यातमा  रोक लगाएको हो।

अमेरिकाको यहि कदम स्वरुप सोलर प्यानल उत्पादक चिनियाँ कम्पनी होसिन सिलिकन ईन्डस्ट्रिको सामाग्रीहरुमा प्रतिबन्ध लागेको छ। उक्त कम्पनीले सिन्जियाङमा उइघुरहरुको बाध्य श्रम प्रयोग गरेको बताईएको छ।

होसिन सिलिकन कम्पनीले सिलिकन सामाग्री उत्पादनका लागि सिन्जियाङमा उइघुरहरुको बाध्य श्रम प्रयोग गरेको भन्दै त्यस्ता सामाग्रीहरु प्रतिबन्ध गरेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)ले जनाएकाे छ।

सोलर प्यानलका लागि  प्रयोग हुने सिलिका कच्चा पदार्थ उत्पादन कार्यमा उइघुरलाई बाध्य पारेर श्रममा लगाइएको भन्दै यस्ता सामाग्री निर्यातमा प्रतिबन्ध लगाईएको अमेरिकी होमल्याण्ड सेक्युरिटीका सचिव अलेहान्द्रो मलेर्कासले बताएका छन्।

चीन सरकारले सिन्जियाङमा अल्पसंख्यक उइघुरहरुलाई बाध्य श्रममा लगाउने जस्ता मानवीय अपराध गरेको भन्दै आलोचना हुने गरेको छ।

प्रकाशित मिति: : 2021-07-04 08:54:00

प्रतिकृया दिनुहोस्