विश्वकै दोश्रो धनी व्यक्ति केवल ५० हजार मुल्यकाे घरमा बस्दै

बिएल संवाददाता

वासिङ्टन डीसी

संसारकै दोश्रो धनी व्यक्ति र मङ्गल ग्रहमा मानव बस्ती बसाउने योजनामा काम गरिरहेका टेस्ला कम्पनीका मालिक एलन मस्क एक सस्तो र  सामान्य घरमा बस्दै आएका छन्।

उनी केवल ५० हजार डलर मुल्य पर्ने घरमा बस्दै आएको पाइएको हो। मस्कको कम्पनी 'स्‍पेसएक्‍स मिशन'ले मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने योजनाको लागि मात्र हालसम्म दुइ अर्ब डलर खर्च गरिसकेको छ।

हाल उनी टेक्सासको 'स्पेसएक्स' कम्पनीको कार्यालय नजिकै एउटा सानो घरमा बस्छन्, जँहा अमेरिकामा निम्न मध्य वर्गको मान्छेले प्राप्त गर्न सक्ने सुविधा मात्र छ।

मस्कको यो घर २० फुट लामो र २० फुट चौडाइ मात्र छ। जसलाई पट्टयाएर सानो बनाउन पनि सकिन्छ।

सन् २०२६ सम्म मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने योजनालाई मुर्त रुप दिन लागि परिरहेका मस्कको सम्पत्ति करिब एक सय ६८ अमेरिकी डलर बराबर छ।

२८ जुन १९७१ को दिन दक्षिण अफ्रिकामा जन्मेका मस्कले आफ्नो युवा अवस्था अत्यन्तै गरिबीमा बिताएका थिए।

प्रकाशित मिति: : 2021-07-03 07:51:00

प्रतिकृया दिनुहोस्